एमाओवादी सिन्धुली क्षेत्र नं. दुई को अध्यक्षमा वन्दना


पोष्टराज पहाडी,
सिन्धुली,पुस १७ ।
एकिकृत माओवादी सिन्धुली क्षेत्र नं. दुई को अध्यक्षमा बन्दना सुवेदी चयन भएकी छन् । सोमबार बेलुकी भएको एमाओवादी  सिन्धुली क्षेत्र नं. दुईको नयाँ नेतृत्व चयनको निर्वाचन पछि निर्वाचित सदस्यहरुको सम्पन्न पहिलो बैठकले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । यसैगरि सोहि बैठकले टंक प्रसाद गौतमलाई सचिवमा चयन गरेको छ । २९ सदस्य चयनका लागि सोमबार बेलुकी मतदान भएको थियो । जसका लागि ५८ जनाको उमेदवारी रहेको थियो । २ प्यानलमा विभाजन भई भएको निर्वाचनमा २९ सदस्य मध्ये १९ सदस्य बन्दना सुवेदीको प्यानल र बाँकी १० सदस्य धन बहादुर पुलामीको नेतृत्वका सदस्यहरु निर्वाचित  भएका थिए ।
बन्दना सुवेदीको प्यानलबाट निर्वाचित हुनेहरुमा टंक प्रसाद गौतम, राम बहादुर थापा, ध्रुव देवकोटा, मिरा फुँयाल, शोभा माझी, मिना डिम्दोङ, छविलाल माझी, गणेश रत्न, भुल बहादुर राना, गोपाल क्याप्छाकी, डुनिराज नेपाली, कृष्ण कुमार गौतम, कल्पना भुजेल, ओम कुमार कार्की, निर्मला श्रेष्ठ, दिनेश रमौली र इन्द्र आचार्य छन् ।
यसैगरि धन बहादुर पुलामीको प्यानलबाट निर्वाचित हुनेहरुमा ज्वाला प्रसाद न्यौपाने, सविता कोइराला, रसबहादुर कार्की, तेज बहादुर खपाङ्गी, पदम बहादुर श्रेष्ठ, धन बहादुर विक, राम बहादुर महत र कमल थिङ छन् ।
३५ सदस्य रहने क्षेत्रीय समितीका लागि  ६ जना भने सोमबार नै निर्विरोध चयन भएका थिए । निर्विरोध चयनहरुमा हितलाल श्रेष्ठ, श्याम बहादुर ठकुरी, सोम प्रसाद बराल, उषा हमाल, शेर बहादुर कार्की र टंक बहादुर मानन्धर रहेका छन् । निर्वाचनमा ६ सय मतदाता मध्ये ५ सय ५ जनाले मतदान गरेका थिए । भेला आइतबारबाट सुरु भएको थियो ।

Related

स्थानिय 3002711169408644393

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item