प्रचण्ड काठमाण्डौ फर्किदै

http://sindhulidarpan.blogspot.com/2013/01/prachanda.html
काठमाण्डौ,पुस १८ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदै हुनुहुन्छ । पत्नी सीता दाहालको उपचारका लागि अस्ति थाइल्याण्डको राजधानी बैंकक जानु भएका एकीकृत माओवादी अध्यक्ष प्रचण्ड आज मध्यान्न काठमाण्डु आइपुग्नु हुनेछ । उपचार गराएपछि चिकित्सकको सल्लाहा अनुसार अध्यक्ष मध्यान्न १२ बजे काठमाण्डु फर्किने उहाँको सचिवालयले जनाएको छ ।

काठमाण्डौ फर्केपछि राजनीतिक छलफलको कार्यतालिका बन्ने एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । राष्ट्रपति डाक्टर रामबरण यादवले सहमतिका सातौ पटकको समय थप गरेको तीन पुग्दा पनि दलहरुले कुनै छलफल सुरु गरेका छैनन । पछिल्लो पटकको समयपनि पर्सी सकिदैछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !