शिक्षा आयोग खुल्यो


काठमाडौ,पुस २० ।

विद्यालयहरुमा रिक्त रहेको शिक्षक दरवन्दीमा पदपुर्तिकालागि सरकारले विज्ञापन गरेको छ । सरकारले १७ बर्षपछि रिक्त शिक्षकको दरवन्दी मध्ये १२ हजार ८ सय ९० जनाका लागि पदपुर्तीका लागि बिज्ञापन खुलाएको हो । २०६३ बैशाख १० गते सम्म अस्थायी शिक्षकहरु कार्यरत पदमा भने बिज्ञापन नगरिएको शिक्षा सेवा आयोगले जनाएको छ ।
खुलाएका विज्ञापन अन्र्तगत माध्यामिक तहमा २ हजार २ सय ४६, निम्न माध्यामिक तहमा २ हजार ७ सय ६७ र प्राथमिक तहमा ७ हजार ८ सय ७७ पदका लािग बिज्ञापन गरेको छ । सरकारले २०५२ सालयता खुल्ला प्रतिष्पर्धाबाट शिक्षकको पदपुर्ती गरेको थिएन । शिक्षक आवेदनका लागि शिक्षाशास्त्रमा अध्यापन गरेको वा १० महिने तालिम लिएको र आयोगले दिएको स्थायी अध्यापन अनुमतिपत्र अनिवार्य हुनेछ ।
यसबारे थप जानकारी www.tsc.gov.np बाट लिन सकिने छ । आयोगका अनुसार एक लाख ८ हजार शिक्षक दरबन्दी रहेको छ । शिक्षा सेवा आयोग स्थापना पछि पहिलो पटक शिक्षकको पदपुर्तीका लागि आवेदन मागिएको हो ।

Related

विविध 3552530418797244949

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item