सिन्धुलीमा कर्फयु :२ घन्टालाई खुल्ला

http://sindhulidarpan.blogspot.com/2013/01/sindhuli_4.html
सिन्धुली, पुस २० ।
सिन्धुलीको सदरमुकाममा लगाइएको कर्फयु अहिले २ घन्टालाई खुला गरिएको छ । विहान ८ बजेदेखि खुला गरिएको कर्फयुलाई १० बजे पछि निरन्तरता दिन सकिने बताइएको छ । दैनिक उपभोग्य सामान खरिद गर्नका लागी बिहान ८ बजेदेखि १० बजेसम्म कफ्र्यु खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुली कारागारमा कैदी बन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएपछि हिजो दिनभर तनाव ग्रस्त बनेको थियो ।
सिन्धुली कारागारमा रहेका कैदी निरज देबकोटाको झडपका क्रममा मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयले शान्ति सुरक्षा नभएको भन्दै जिल्ला प्रशासनमा ढुङ्गामुढा गर्नुका साथै सडकमा टायर बालेर बजार र यातायात बन्द गरी लगातार आन्दोलन जारी राखेपछि हिजो अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरेको थियो । झडपमा गम्भीर घाइते भएका कैदी देवकोटाको उपचारका क्रममा काठमाडौं शिक्षण अस्पतालमा हिजो मृत्यु भएको हो ।
सिन्धुलीको सदरमुकाममा लगाइएको कर्फयु अहिले २ घन्टालाई खुला गरिएको छ । विहान ८ बजेदेखि खुला गरिएको कर्फयुलाई १० बजे पछि निरन्तरता दिन सकिने बताइएको छ । दैनिक उपभोग्य सामान खरिद गर्नका लागी बिहान ८ बजेदेखि १० बजेसम्म कफ्र्यु खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुली कारागारमा कैदी बन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएपछि हिजो दिनभर तनाव ग्रस्त बनेको थियो ।
samachar sampresan garnu bhayo dherai dherai dhanyabaad...tara aajhai coverage pugena...sindhuli ma matrai focus cha..bhiman ma ko esthiti lai pani cover garnush..aama manish ko janajiban lai cover garnush na..
ReplyDeletethanks