इँटा उद्योगमा कार्यरत महिलामाथि यौन शोषण भएको खुलासा



सिरहा,माघ ९ । 
दुई महिनासम्म सिरहाको बेल्हा–४ मा रहेको ओम इँटा उद्योगमा बन्धक महिला र युवतीमाथि यौन शोषण भएको रहस्य खुलेको छ । सिरहा प्रहरीले बन्धकमुक्त महिला र युवतीसँग लिएको बयानमा उनीहरुले आफूमाथि यौन शोषण भएको बताएका छन् । 

उद्योगबाट जिल्ला अदालतको सक्रियतामा प्रहरी र प्रसाशनबाट मुक्त मजदुर महिलाले धेरै कुरा गुमाएर फर्केको बताएका छन् । सिरहा प्रहरी प्रमुख (एसपी) विक्रम गुरुङगले अदालतले महिलामाथि भएको यौन हिंसाको मुद्दा छानविनको आदेश गरेमात्र यस बारेमा अध्ययन हुने जानकारी दिनुभयो । इँटा उद्योग बेल्हा ४ मा रहेको रेकर्ड घरेलु तथा साना उद्योग कार्यालय लहानमा नरहेको पाइएको छ । 

Related

विविध 1575514884765839244

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item