पोखरामा आज देखि ११ औं आहा रारा गोल्डकप हुँदै



पोखरा,माघ ९ । 
पोखरामा आजदेखि सहारा क्लबको आयोजनामा ११ औं आहा रारा गोल्डकप प्रतियोगिता सुरु हुने भएको छ । प्रतियागिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले गर्ने आयोजकले जनाएको छ । उद्घाटन खेलमा आज सामसुङ जावलाखेल र धरान फुटबल क्बल भिड्ने भएकाछन् । ‘खेलकुदको बिकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको सहरको रुपमा स्थापित गरौं’ भन्ने नाराकासाथ सहारा क्लब पोखराको आयोजनामा हुन लागेको एघारौ संस्करणको फुटबल प्रतियोगितामा आयोजक सहित राष्ट्रिय अन्तराष्ट्रिय गरी १२ टीमको सहभागिता रहेने छ ।

 प्रतियोगीता यहि माघ २० गते सम्म जारी रहने छ । प्रतियोगितामा बिजेताले नगद ३ लाख, ५१ हजार र उपबिजेताले २ लाख, एक हजारको साथमा शिल्ड मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । त्यसैगरि, प्रतियोगितामा फेयर प्ले, उत्कृष्ट खेलाडी, बेस्ट अफ फाइव अन्तरगत उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकरका लागि पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । उत्कृष्ट खेलाडीका लागि टिभिएस मोटरसाइकल र बेस्ट अफ फाइवका लागि समान १० हजार नगद र फेयर प्ले टिमका लागि नगद पाँच हजार रुपैया प्रदान गरिनेछ । प्रत्येक खेलमा एक खेलाडीलाई म्यान अफदीम्याच घोषणा गरी ट्रफी प्रदान गरिने आयोजकले बताएको छ । प्रतियोगीता सम्पन्न हुदा सम्म झण्डै ७० लाख आम्दानी र ६० लाख खर्च हुने आयोजकले अनुनमान गरिएको आयोजकले जनाएको छ ।

Related

प्रमूखखबरहरु 6306362917182631710

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item