महिला अधिकारकर्मीहरुको प्रदर्शन आज पनि जारी

http://sindhulidarpan.blogspot.com/2013/01/female.html
काठमाडौ ,पुष २२
महिला हिंसामा संलग्नहरुलाई कारवाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । पूर्व घोषित कार्यक्रम अनुसार बिभिन्न महिला संगठनहरुले आज पनि आन्दोलन र प्रदर्शनका कार्यक्रमलाई निरन्तरता दिएका हुन् । महिला संगठन तथा अधिकारकर्मीहरुले आज पनि प्रधानमन्त्री निबास बालुवाटारमा धर्ना दिएका छन् ।
यस्तै महिला हिँसा विरुद्ध अधिकारकर्मीहरुले आज राजधानीमा गुडने सफा टेम्पुमा पनि कालो झण्डा राखेका छन् ।
देशका बिभिन्न ठाउँमा पछिल्ला दिनहरुमा बलात्कार, बोक्सीको आरोप जस्ता घटना बढिरहँदा समेत राज्य र जिम्मेवार निकायले चासो नदिएको भन्दै अधिकारकर्मीहरु आन्दोलीत भएका हुन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !