भारतिय सैनिकले सिमा पारगरी आफ्नो एक सैनिकको हत्या गरेको पाकिस्तानको दावी




एजेन्सी, २२ पुस । 
भारतिय सैनिकले कश्मिरमा रहेको पाकिस्तानी सैन्य पोष्टमा छापा मार्ने क्रममा आफ्नो एक सैनिकको हत्या गरेको पाकिस्तानी पक्षले जनाएको छ । भारतिय पक्षले दुइ देश विचको सिमाना पार गरेर आक्रमण गरेको र सोही क्रममा अर्का एक सैनिक गम्भिर घाइते भएको पाकिस्तानको दावी छ । आफ्नो कश्मिर स्थित हाजिपीर क्षेत्रमा रहेको सवान पात्रा सैनिक मुख्यालयमा आक्रमण भएको पाकिस्तानले उल्लेख गरेको छ । सो क्षेत्रमा अझै पनि दुइ पक्ष विच झडप भएको सैनिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विगत ६० वर्ष देखि कश्मिरको विषयलाई लिएर दुइ देश विच जारी युद्ध सन् २००३ मा रोकिएपनि विवाद भने जारी छ । हाल सम्म यस विषयमा भारतिय पक्षले केहि प्रतिक्रिया दिएको छैन । 

Related

प्रमूखखबरहरु 2449459160605405280

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item