राजविराजमा आगलागी करोड भन्दा बढीको क्षति


सप्तरी,माघ ४ ।
सप्तरीको राजविराज नगरपालीका वडा नम्बर १ हटियामा आगलागी हुँदा करोडौको क्षति भएको छ । आज बिहान ३ बजेतिर सुरु भएको आगलागी २२ वटा घुम्ती काठका पसल र दुईवटा ठूला गोदाम जलेका छन् । एउटा टहराबाट लागेको आगो अरु टहरामा पनि फैलिएको थियो । आगलागी नियन्त्रणमा लिन दुइवटा वारुणयन्त्र, नपाली सेना, शसस्त्र र जनपद प्रहरी, स्थानिय वासिन्दाले प्रयास गरेका थिए ।

 आगो नियन्त्रणमा आएपनि क्षतिको पूर्ण विबरण संकलन भइनसकेको सप्तरीका एसपी सञ्जयसिंह बस्नेतले जानकारी दिनुभयो । मुख्य व्यापारीक केन्द्रका रुपमा रहेको हटियाका दर्जनौ टहरा, पसल जलेका कारण करोडौको क्षति भएको छ । आगलागीको कारण पनि थाहा भइनसकेको छैन । करिव ३ बजे लागेको आगो ३ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । 

Related

विविध 486387813232619043

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item