सिन्धुलीको स्वास्थ्य केन्द्रमा दरवन्दी अनुसार स्वास्थ्यकर्मी छैनन्


विदुर पौडेल,
सिन्धुली,माघ ४ ।
सिन्धुलीको कपिलाकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुदा समस्या भएको छ । २०५४ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा स्थापना कालदेखि नै कुनै पनि डाक्टरको उपस्थिति नभएको अहेव मधु लाखेले बताउनुभयो । अस्पतालको दरबन्दी अनुसार १ जना डाक्टर, १ जना स्टाफनर्स, १ जना हेल्थ असिस्टेनटसहित अन्य कर्मचारिको दरवन्दी भएपनि स्थापना कालदेखि नै  कुनै पनि डाक्टर केन्द्रमा आएका छैनन् । 

नेपाल सरकारले दरवन्दी छुट्याएको भएपनि डाक्टरभने नपठाएको लाखेले बताउनुभयो । मरिण क्षेत्रको  एकमात्र केन्द्रमा स्टाफ नर्स र अनमिको व्यवस्था नहुदा सुरक्षित प्रसुती गराउन समस्या भएको स्थानीय बासु मैनालीले बताउनुभयो ।

 नेपाल सरकारले दरवन्दी अनुसार स्वास्थ्यकर्मी नपठाउने र पठाएपनि दुर्गमक्षेत्र भनेर स्वास्थ्यकर्मी नआउने गरेको उहाँले बताउनुभयो । मरिण भेगका मानिसहरुको स्वास्थ्यको खम्वाको रुपमा रहेको स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुदा स्थानीयहरु अकालमै ज्यान गुमाउन वाध्य भएको स्थानीय रामबहादुर भुजेलले बताउनुभयो । अहिले केन्द्रमा एक जना हेल्थ असिस्टेनट, दुई जना अहेव, एक जना ग्रामिण स्वास्थ्य कार्यकर्ता, एक जना कार्यालय सहयोगी र एक जना नीजी स्रोतका अनमी छन् ।

Related

स्थानिय 2341311381554778971

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item