सिन्धुलीमा ग्रिन कार्ड वितरण गरिदै


सिन्धुली,माघ १० ।
कमलामाई नगरपालीका सिन्धुलीले एक घर पाँच रुख हुर्काउने परिवारलाई ग्रिन कार्ड उपलव्ध गराउने भएको छ । कमलामाई नगरपालीकाको १८ औं नगर परिषदको निर्णय अनुसार सो कार्यक्रम अगाडी सारिएको कार्यकारी अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो । 

नगरको वातावरणलाई ध्यानमा राख्दै अव देखी नगरपाली भित्र नयाँ घर वनाउने पाँच वटा रुख अनिवार्य रोप्नु पर्ने भएको छ । पहिले निर्माण भै सकेका घरहरुले पाँच रुख हुर्काए ग्रिनकार्डको व्यवस्था गरिएको कार्यकारी अधिकृत आचार्यले जानकारी दिनुभयो । पाँच रुख हुर्काउने व्यक्तीलाई नगरपालीकाले अन्य सेवा सुविधामा सहुलियत दिईने निती कमलामाई नगरपालीकाले लिएको छ ।

Related

प्रमूखखबरहरु 7160053968471994560

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item