गायकले कम्बल बाँडे

http://sindhulidarpan.blogspot.com/2013/01/singer.html
अशोक पहाडी,
रौतहट,माघ १० ।
हुमन नेचर फाउण्डेसन नेपालले रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित हातेमालोे प्राविमा गरिब तथा विपन्न वर्गका ५० वर्ष उमेर माथिका ३० जनालाई न्यानो ओढ्ने कपडा वितरण गरेको छ । संस्थाका अध्यक्ष गायक अबिनास घिसिङ, गायक भरत सिटौला र मेघ लामाले संयुक्तरुपमा कम्बल वितरण गरेका हुन् । आयरल्याण्डमा बसोबास गर्दै आएका नेपाली युवाहरुले पठाएको कम्बल संस्थाले एक कार्यक्रम बीच चन्द्रनिगाहपुरमा ३० जना र बाराको निजगढमा ४२ थान कम्बल वितरण गरेको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !