सन् २०१३ भित्र बनेपा नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुने

http://sindhulidarpan.blogspot.com/2013/01/toilet-free.html
प्रकाश सुन्दास,
काभ्रे,माघ १० ।
राजधानी पूर्वका चार जिल्लाहरुको प्रमुख ब्यापारीक केन्द्रका रुपमा विकास हुँदै गएको बनेपा नगरपालिका सन् २०१३ भित्र खुल्ला दिसामुक्त नगर हुने भएको छ । नगरपालिकाले सन् २०१३ को मंसिरसम्म नगरभित्रका सबै घरधुरीमा चर्पी निर्माण अभियान सञ्चालन गर्न कार्ययोजनासमेत बनाएको छ । २०६८ सालको तथ्यांकअनुसार बनेपा नगरपालिकामा ५ हजार ५ सय ४६ घरधुरी छन् । जसमा करिब एकसय वटा मात्रै चर्पी बन्न बाँकी रहेको नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोख्ररेलले जानकारी दिनुभयो ।

चर्पी निर्माण लागि नगरपालिकाले गाउँ–गाउँमा सचेतना मूलक कार्यक्रम अभियान चलाउन आज नगरभित्रका महिला स्वास्थ्य स्वयमसेविका र वडा सचिवहरुलाई एक दिने अनुशिक्षण कार्यक्रमको आयोजना पनि गरेको छ । कार्यक्रममा सहभागिहरुले नगरभित्रका सडक बालबालिका र सुकुम्बसी बस्ती बाहेक अन्य ठाउँमा चर्पी निर्माणका लागि समस्या नहुने बताएका छन् । नगरपालिकाले महिला र पुरुषका लागि बजार क्षेत्रमा मोबाइ चर्पी र सार्वजनिक चर्पी निर्माणको कामलाई छिट्टै अघि बढाउने अधिकृत पोख्ररेलले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !