सर्लाहीमा मात्रै झण्डै २० करोड महसुल उठाउन बाँकी

http://sindhulidarpan.blogspot.com/2013/01/tax.html
सुरेश बिडारी,
सर्लाही,माघ १० ।
नेपाल विद्युत प्राधिकरणको सर्लाही जिल्लामा मात्रै झण्डै २० करोड महसुल बक्यौता रहेको छ । विभिन्न सरकारी कार्यालय, उद्योग कलकारखाना र व्यक्तिगत गरी अझै २० करोडको हाराहारीमा बक्यौता उठ्न बाँकी रहेको प्राधिकरण शाखा मलङ्गवाले जनाएको छ । महसुल नबुझाउनेको लाईन काट्ने अभियानअन्तर्गत १७ जनाको लाईन पनि काटिसकिएको प्राधिकरण मलङ्वा शाखाका प्रमुख दिपेन्द्रराज द्विवदीले जानकारी दिनुभयो । यही क्रममा १ सय २५ जनाले १ करोडको हाराहारीमा बक्यौता पनि बुझाएको उहाँले बताउनुभयो । सडक बत्तिको मात्रै मलङगवा नगरपालिकासँग ३ करोड अशुल्न बाँकी रहेको छ ।

सर्लाहीकै अर्को खबरमा सर्लाहीको अत्रौली–९ मा आज गरिब र विपन्न ६ जनालाई सिरक वितरण गरिएको छ । एनआईसीको सहयोग र मानव जीवन संरक्षण मञ्चको सहकार्यमा सिरक वितरण गरिएको हो । त्यस्तै भोलि सासापुरमा रहेको श्रीमति माइरानी मिक्चनी माध्यमिक विद्यालयमा गरिब, विपन्न, अनाथ र द्वन्दपीडित १ सय ७० भन्दा बढी बालबालिकालाई न्यानो कपडा वितरण गरिने मानव संरक्षण मञ्चका अध्यक्ष हेमन्त मोक्तानले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !