बलात्कारको अभियुक्त कर्मचारीहरु निलम्बित

http://sindhulidarpan.blogspot.com/2013/01/group-rape.html
रौतहट, पुस २१ ।
रौतहटको गौर आँखा अस्पतालमा भारतीय महिलालाई बलात्कार गरेको अभियोग लागेका चार जना कर्मचारीलाई निलम्बन गरिएको छ । गौर नगरपालीका वडा नं १२ स्थित पुरेनवामा रहेको अस्पतालको टिकट कक्षमा भारत मोतीहारीकी युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा टिकट कक्षका कर्मचारी रामअयोध्या यादव, शिवशङ्कर महतो, रामप्रीत यादव र रामप्रवेश राम चमार निलम्बनमा परेका हुन् ।

उनीहरुले युबतीलाई अश्लील भिडियो देखाई सामूहिक बलात्कार गरेको आरोप लागेको छ । गत आइतबार स्थानीयवासीले दिएको जानकारीका आधारमा अस्पताल निरीक्षणमा गएको जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्तमध्ये रामप्रीत र रामप्रवेश तथा घटनामा संलग्न भएको आशङ्कामा शिवशङ्कर र रामजन्म यादवलाई बुधबार पक्राउ गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !