आजपनी सिन्धुली बन्द


मिनकुमार दाहाल,
सिन्धुली,पुस २१ ।
वुधवार राती कारागार भित्र कुटपिटवाट मृत्यु भएका सिन्धुली जिल्लाको कमलाई नगरपालीका १ कुडुलेका निरोज देवकोटाका आफन्त र नेपाल तरुण दलका कार्यकर्ताहरुले शनिवार पनि कुटपिटमा संलग्न व्यक्तीहरुलाई कारवाहीको माग गर्दै सिन्धुली जिल्ला वन्द गराउनुभयो । बन्द गराउदै हिड्ने प्रर्दशनकारी र प्रहरी विच पटक पटक सिन्धुलीमा झडप भएको छ ।
झडपमा तिन दुई जना आन्दोलन कारी घाईते भएका छन् । भने दुई जना आन्दोलनकारी लाई प्रहरीले पक्राउ गरेको अनुगमनमा संलग्न मानव अधिकार वादी कार्यकर्ताहरुले वताएका छन् । प्रहरीलाई आन्दोलनकारी ढुङ्गा हान्न थाले पछि झडप भएको थियो । दिउँसो एक वजे देखी सदरमुकाम माढीवजार तनाव गस्त वनेको छ । आन्दोलनकारीले दिन भरिनै प्रशासन विरुद्ध विभिन्न उत्तेजित नारा जुलुसा लगाउदै सडकमा टायरवाली सिन्धुली वजार तथा यातायात वन्द गराउनुभयो । सिन्धुली सदरमुका दुई दिन देखी लगातार वन्द छ ।

Related

स्थानिय 649123068105686656

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item