ट्याक्सीभित्र यौनक्रिडामा लिप्तहुदा जेल सजाय

http://sindhulidarpan.blogspot.com/2013/01/interesting_18.html
रक्सीले मात्तिएर ट्याक्सीभित्रै यौनक्रिडामा लिप्त भएकी एक बेलायती महिलाले दुबईमा जेल सजाय पाएकी छिन् । उद्योगपति समेत रहेकी २९ वर्षकी रेबेक्का ब्लेक नामकी महिला कोनोर म्याक रेडमोन्डसँग ट्याक्सीको पछिल्लो सिटमा सार्वजनिक स्थलमै यौनक्रिडा गरेको बेला प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवैमाथि दुईवटा आरोप लागेका छन् । बिहे नगरी सार्वजनिक स्थानमै सेक्स गरेको मात्र नभई सार्वजनिक स्थानमा मध्यपान गरको आरोप उनीहरुमाथि लगाइएको छ । कन्सल्टेन्टको रुपमा काम गर्ने रेबेकाले आयरल्याण्डका म्याक रेडमोन्डलाई भेटेपछि उनीहरुबीच गफगाफ चल्यो । यत्तिकैमा उनीहरु एक रेष्टुराँमा गएर मज्जाले दिनभर रक्सी पिए ।
नसाले लठ्ठिएर उनीहरु ट्याक्सीमा चढेर घर फर्किन थालेका थिए । रक्सीले मात्तिएका ब्लेक र रेडमोन्ड ट्याक्सीभित्रै लुटपुटिन थाले । उनीहरुबीच एकाएक सेक्स हुन थाल्यो । पछाडिको सिटमा बसेका उनीहरु यौनक्रिडामा लिप्त भएको ट्याक्सी ड्राइभरले ऐनामा देख्यो । उसलाई निकै रिस उठ्यो र त्यस्तो क्रियाकलापबारे प्रहरीलाई खबर ग¥यो । प्रहरी त्यहाँ आइपुग्दा ती दुई ट्याक्सीभित्रै सेक्समा लिप्त थिए । ब्लेक नांगै थिइन् । प्रहरीले उनीहरुलाई पक्राउ गरी चौकीमा ल्याएर पाँच दिन राख्यो । उनीहरुविरुद्ध अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ । एजेन्सी
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !