क्रिकेटर सचिन फेसबुकमा पनि लोकप्रिय

http://sindhulidarpan.blogspot.com/2013/01/cricket_18.html
भारतीय क्रिकेटका मास्टर ब्लास्टर सचिन तेन्दूलकर क्रिकेट प्रेमीका बीच जति लोकप्रिय छन्, त्यति नै सामाजिक सञ्जालमा पनि लोकप्रिय सावित भएका छन् । उनको अफिसियल फेसबुक पेज लाइक गर्ने फ्यानको संख्या ९० लाख भन्दा बढि भएको छ । उनको पेज लाइक गर्नेको संख्या बढ्दो क्रममा रहेको छ । वन डे क्रिकेटबाट सन्यास लिएका सचिनले आफ्नो फेसबुक पेज लाइक गर्ने फ्यानहरुका सचिनले लागि ९० लाख धन्यवाद फर्काएका छन् ।
‘९० लाख धन्यवाद, धन्यवाद मलाई यति विशेष बनाइदिनुभएकोमा’ सचिनले आफ्नो पेजमा स्टाटस अपडेट गरेका छन् । उनको पेजमा अहिले ९० लाख ४७ हजारले लाइक गरेका छन् भने तीन लाख ८१ हजारले उनको पेजका बारेमा चर्चा गरेको फेसबुक पेजमा उल्लेख छ । -एजेन्सी
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !