सिन्धुलीमा प्रेस चौतारीको धर्ना


रमा कार्की,
सिन्धुली,माघ ५ ।
पत्रकार डेकेन्द्रराज थापाको हत्या आरोपिहरुलाई कारवाही नगर्न सरकारले दिएको निर्देशनको विरोधमा प्रेस चौतारी जिल्ला शाखा सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिएको छ ।
पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई कार्वाही गर,सम्पूर्ण वेपत्ता पारिएका पत्रकारहरुको स्थिति सार्वजतिक गर,दण्डहिनताको अन्त्य गर भन्न नाराका साथ प्रेस चौतारीले दिउँसो १ बजे देखि २ बजे सम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको हो ।

प्रेस चौतारी सिन्धुलीले आयोजना गरेको धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुली,क्रान्तिकारी पत्रकार संघ सिन्धुली,गैरसरकारी संस्था सिन्धुली लगायत अन्य सर्वसाधारणले पनि ऐक्यबद्धता जनाएका छन् ।

 धर्ना कार्यक्रम समापन गर्दै प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष लोकहरि आचार्यले डेकेन्द्रराज थापा लगायतका पत्रकारहरुका हत्याराहरुलाई कार्वाही नगरे सरकार विरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

Related

स्थानिय 6935554070965901323

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item