चीनको एक बच्चा नीति घातक भएको निष्कर्ष

-  चीनमा एक बच्चाको नीतिअनुसार हुर्किरहेका बच्चाहरू निराशावादी एवं जोखिम मोलन डराउने पाइएको छ । उनीहरूले अन्य मानिसहरूलाई हत्तपत्त विश्वास पनि नगर्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाका शोधकर्ताहरूको टोलीले चीनमा एक बच्चानीति लागू हुनुअघि जन्मिएका तथा नीति लागू भएपछि जन्मिएका बच्चाहरूबीच गरेको तुलनातमक अध्ययनले यस्तो देखाएको हो ।

अनुसन्धानका क्रममा समेटिएका बालबालिकाहरूको व्यवहार तथा व्यक्तित्वका बारेमा अध्ययन गरिएको थियो । अनुसन्धानका मुख्य विश्लेषक प्राध्यापक लिजा क्यामरुनले चीनमा एक बच्चानीति लागू भएपछि जन्मिएका बच्चाहरूमा अन्य मानिसहरूलाई सहजै विश्वास नगर्ने तथा जोखिम उठाउन हिम्मत नगर्ने पाइएको जानकारी दिए । उनका अनुसार एक बच्चानीति लागू हुनुअघि जन्मिएकाहरूमा यो समस्या छैन । प्राध्यापक लिजाका अनुसार एक बच्चानीति अनुरूप जन्मिएका बच्चाहरू कम इमान्दार तथा सन्की भएका पाइएको छ । यो अध्ययनलाई अक्सफोर्ड युनिभर्सिटी सम्बद्ध वैज्ञानिकहरूले चुनौती दिएका छन् ।

उनीहरूले एक बच्चानीति लागू हुनुपूर्व तथा नीति लागू भएपछि जन्मिएकाहरूमा त्यति ठूलो अन्तर नहुने तर्क गरेका छन् । चीनमा एक बच्चानीति सन् १९७९ मा लागू भएको थियो । यो नीतिअनुसार विवाहित जोडीले एउटा मात्रै बच्चा जन्माउन पाउने अनुमति छ । यो अनुसन्धानका लागि ४ सय २१ जनासँग सम्पर्क गरिएको थियो । तीमध्ये आधा व्यक्ति नीति लागू हुनुपूर्व तथा आधा व्यक्ति नीति लागु हुनुपछि जन्मिएका हुन् । अनुसन्धानको निष्कर्ष निकाल्नुअघि उनीहरूलाई विभिन्न प्रकारका खेलमा सहभागी गराइएको थियो । अष्ट्रेलियाको नेशनल युनिभर्सिटीका प्राध्यापक सिन मेगले यो खेलमा पैसाका माध्यमबाट मानिसहरूको विश्वसनीयताको अध्ययन गरेका थिए ।

Related

प्रमूखखबरहरु 4171932773788525509

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item