यौन हर्मोनले मानसिक रोग निम्त्याउने



महिलाको शरीरमाहर्मोनमा परिवर्तनले विभिन्न खाले विकार ल्याउन सक्छ । विशेष गरी यौन हार्माेनमा आउने परिवर्तन व्यवस्थापन हुन सकेन भने मानसिकदेखि कुनै गम्भीर बिरामीले महिलालाई समात्ने खतरा हुन्छ । रजोनिवृत्तिले गर्दा शरीरमा एस्ट्रोजिन र प्रोजेस्टेरोन हर्मोन  धेरै कम भएर खतरामा परेका महिलालाई ‘हार्माेन रिप्लेस्मेन्ट थेरापी’ अथवा ‘एचआरटी’ दिने गरिन्छ ।

रजोनिवृत्ति भएका महिलामा एचआरटीले आवश्यक हार्माेनको मात्रा व्यवस्थापन गरिन्छ । यौन परिवर्तन गर्ने पुरुषलाई पनि एचआरटी दिने गरिएको छ तर यसको महत्व रजोनिवृत्ति भएका महिलाको सहज जीवनका लागि बढी छ । एस्ट्रोजिन हर्मोनले महिलामा अण्ड उत्पादनलाई उत्प्रेरित गर्दछ । महिलामा अण्ड उत्पादन प्रक्रिया बन्द भएपछि एस्ट्रोजिनले हड्डीको घनत्व बनाइराख्नसमेत भूमिका खेल्छ । यसले छालाको तापक्रम व्यवस्थापन गर्ने र यौनाङ्ग सुख्खा हुन दिंदैन ।


रजोनिवृत्तिको संकेत देखिएपछि एचआरटी सुरु गरिन्छ तर यसलाई लामो समय प्रयोग गर्नु हुँदैन । अधिकांश महिलामा ४९ वर्ष पुगेपछि रजोनिवृत्ति सुरु हुन्छ । यस उमेरमा हल्का तलमाथि हुनसक्छ तर रजोनिवृत्ति सुरु हुने समयको भविष्यवाणी गर्न सकिंदैन ।

कसैकसैमा रजोनिवृत्ति सुरु हुनु पहिले नै हार्माेन सन्तुलन बिग्रन थालेको लक्षण देखिन थाल्छ । यस्तो अवस्थामा अण्ड उत्पादन बन्द भएको हुँदैन तर उत्पादन निकै कम भएकाले हार्माेनसमेत घट्ने खोजकर्ताहरूले जनाएका छन् ।

Related

मनोरञ्जन 3909811874783738534

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item