किन आउँछ अमिलो डकार ?

http://sindhulidarpan.blogspot.com/2013/01/health.html
-
अमिलो डकार आउनु वा छाती पोल्नु भनेको स्पष्ट रूपमा पाचन समस्या हो, जसले व्यक्तिलाई असजिलो मात्र पार्दैन समाधान गरिएन भने गम्भीर स्वास्थ्य विकारको कारण बन्न सक्छ । एक÷दुई दिन अम्लीय समस्या भएमा सामान्य नै हुन्छ तर लामो समय यो समस्या रहनु राम्रो होइन ।
अम्लीयता बढेमा छाती पोल्ने वा दुख्ने, खाने नली पोल्ने, अमिलो डकार आउने, खाना अड्किएको महसुस हुने, वाक्वाकी लगायतका लक्षण देखिन्छन् । खानालाई तल जान दिने तर माथि आउन नदिने आमाशयमाथि रहेको मांशपेशी पूरै बन्द नहुँदा अम्ल चुहिएर खाने नलीमा आउनाले उल्लेखित लक्षण उत्पन्न हुने गर्छ ।
यसैगरी आन्द्राको तल्लो भागमा उत्पन्न हुने समस्या इरिटेबल बाउल, सिन्ड्रोमले गर्दा पेटको तल्लो भाग दुख्ने, कब्जियत हुने, झाडापखला लगायतका विकार उत्पन्न हुन्छ । पेटमा अम्लीयता बढ्नु र इरिटेबल बाउल सिन्ड्रोममा केही खाद्यवस्तु र खाद्यवस्तुमा मिसाइएका रसायन उत्तरदायी हुन्छन् । फ्राइ गरिएका खाद्यवस्तु खानु हुँदैन । मासु र दुग्धजन्य पदार्थ खानु हुँदैन, प्रशोधन तथा सेकिएका खाद्यवस्तु खानुहुँदैन । कफी र अल्कोहल खानु हुँदैन, मोनोसोडियम ग्लुटामेट र अन्य कृत्रिम रसाउन खानु हुँदैन ।
यस अतिरिक्त पेट स्वस्थ राख्ने हो भने टन्न पेटभरि खानु हुँदैन । हल्का खाना खाने र त्यो पनि राम्रोसँग चपाएर खानुपर्छ । खाना खाएलगत्तै सुत्ने गर्नु हुँदैन । सुत्नैपर्ने भएमा बायाँ कोल्टे पारेर सुत्न सकिन्छ । तर, खाना खाएपछि केही बेर हिंड्नु राम्रो हुने एजेन्सीहरूले जनाएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !