कारागारभित्रै मृत्यु भएका युवकको आज पाष्र्टमार्टम


प्रकाश सुन्दास,
काभ्रे,पुस १८ ।
जिल्ला कारागार कार्यालय काभ्रेमा रहस्यमय मृत्यु भएका रसुवा जिल्ला धैवुङ्ग गाविस वडा नम्बर १ का श्रीनेपाल भनिने कुमार नेपालीको शव आज पोष्टमार्ट गरिने भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको नेपालीको शव पीडितका आफन्तहरुले उचित क्षतिपूर्ति, दोषिलाई कडा कारबाहीलगायतका माग गर्दै पोष्टमार्ट गर्न दिएका छैनन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले गठन गरेको छानविन समितिका संयोजक डिएसी कृष्णजी अधिकारीले मृतकका आफ्न्तहरुलाई सहमतिमा ल्याउने प्रयास भइरहेको र आजै शवको पोष्टमार्ट गरिने जानकारी दिनुभयो ।
नेपाली नकाप लगाएर चोरेको अभियोगमा एक लाख ६ हजार ८ सय ३० रुपैयाँ जरिवानासहित नेपालीले एक वर्ष ६ महिनाको कैद सजाय भोगिरहेका थिए । प्रशासनले गठन गरेको समितिले घटनामा दोषि देखिएकालाई मुद्धा दर्ता गरिसकेको जनाएको छ । त्यस्तै घटनामा संलग्न देखिएका व्यक्तिहरुसँग बयान लिइ सकेको र बयान उपर गहन अध्ययन भइरहेको समिति संयोजक अधिकारीले बताउनुभयो । रसुवा कारागारबाट पुस ९ गते जिल्ला कारागार काभ्रे स्थानान्तरण भएका नेपालीको दुई दिन नबिदैँ मृत्यु भएपछि दलित अधिकार कर्मीहरुले समेत निष्पक्ष छानविन गर्न सरकारसँग माग गर्दै आइरहेका छन् । समितिले अध्ययनपछि घटनाको सत्य तथ्य विवरण बाहिर आउने भन्दै घटनालाई अतिरञ्जित नगर्न समेत आग्रह गरेको छ । एउटै कोठामा तीन जना मानसिक सन्तुलन बिग्रिएका कैदीबन्दीसँगै बन्दै आएका नेपालीलाई सुरुमा मानसिक सन्तुलन गुमेका कैदीबन्दीको मृत्यु भएको भनिएको थियो ।

Related

विविध 6701670460767786074

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item