सत्ता बाबुरामको सम्पत्ति होईनः पोखरेल

http://sindhulidarpan.blogspot.com/2013/01/uml-leader.html
काठमाडौं, पुस १८ ।
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले दलहरुबिच सहमतिको बातावरण बन्दै गए पनि एकीकृत माओवादीका कारण सफल हुन नसकेको बताउनु भएको छ । राजनीतिक दलका नेताहरुबिच पटक पटक सहमति निर्माण हुने र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डा. बाबुराम भट्टराईकै कारण फेरी बिमती उत्पन्न हुने गरेको पोखरेलले आरोप लगाउनु भयो ।

बिगठित संबिधान सभामा ठूलो दलका रुपमा देखिएको माओवादीले संधैभरी आफुलाई ठुलो महसुस गर्न नहुने महासचिव पोखरेलको तर्क छ । एमाले महासचिव पोखरेलले प्रधानमन्त्री भट्टराईले कसैलाई सत्ता दिन्छु वा दिन्न भन्नुको तुक नभएको स्पष्ट पार्नु भयो । उहाँले सत्ता कसैको निजी सम्पती नभएको बताउँदै यो सर्वपक्षीय सहमतिको कुरा भएको प्रष्ट पार्नु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !