अनिसाको प्राण बचाउन जापानका नेपालीहरूद्वारा ८० हजार जापानी ऐन सहयोग

http://sindhulidarpan.blogspot.com/2013/01/money-help.html
बाग्ललुङ,पुस २४ ।
बागलुङ जिल्लाको दगातुम्डाडा गाविस वडा नं. ७ खर्वाङ की १२ वर्षिया अनिसा पाठक बचाउ अभियान चलिरहेको बेला जापानमा कार्यरत नेपालीहरूले पनि ऐक्यवद्धता जनाएका छन् । उनीहरूले अनिसाको उपचार खर्चका लागि ८० हजार जापानी ऐन सङ्कलन गरि नेपाल पठाएको गुल्मीको बामी घर भई जापान रहनुभएको सुनिल सापकोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार खर्वाङ बागलुङका अर्जुन खरेल र वामी गुल्मीका सुनिल सापकोटाको संयोजन एवं खर्वाङ बागलुङका ध्रुवराज खरेल र धिरप्रताप खरेल तथा पौदीअमराई अरेवा गुल्मीका तारापति घिमिरेको विशेष पहलमा रकम सङ्कलन गरिएको हो ।

मधुमेह, फोक्सो र किड्नीसमेतको समस्यावाट ग्रसित अनिसाको स्वास्थ्य अवस्थामा केही सुधार भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार अनिसाको काठमाडौं महाराजगंजस्थित शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको र दैनिक १० देखि १४ हजारसम्म खर्च लागिरहेको छ । यसैबीच आमा लक्ष्मीले सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै थप सहयोगका लागि अन्य स्थानहरुमा समेत पहल गरिदिन संचार माध्यमलाई आग्रह गर्नुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !