गीती एल्वम ‘म्याग्दीको चिनारी’ बजारमा

 कमल खत्री
म्याग्दी, माघ ३ । जिल्लाका विभिन्न पर्यटकीय, धार्मिक, साँस्कृतिक, तथा ऐतिहासिक स्थल तथा ठाउँलाई समेटेर बजारमा ल्याइएको लोकदोहोरी गीती एल्बम ‘म्याग्दीको चिनारी’ एक कार्यक्रमबीच विमोचन गरिएको छ । संचारकर्मी तथा लोक गायकद्धय कमल बानिया र अमित विश्वकर्माको संयुक्त प्रस्तुतीमा बजारमा ल्याइएको गीती एल्वममा गायक कमल बानिया, अमित विश्वकर्मा र गायिका शान्ता परियारले स्वर दिएका छन् ।

म्याग्दीका महिला उद्यमीहरूको सक्रियतामा आइबारदेखि भएको तेस्रो सडक खाना महोत्सवको अवसरमा एल्वमको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र म्याग्दी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं पश्चिमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद मर्सानीले  गर्नुभएको थियो । जिल्लाका प्राकृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदालाई समेटेको लोकदोहोरी गीती संग्रहले जिल्लाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुविर कुमार श्रेष्ठले बताए । अमर संसार म्युजिक प्रालिद्धारा बजारमा ल्याएको गीती एल्वममा गायकद्धय बानिया र विश्वकर्माको शब्द र अमित विश्वकर्माको लय रहेको छ ।

‘ठाउँ छ मनै खानी, जाउँ हिँड घुम्नलाई बेनी तातोपानी’ बोलको गीतमा जिल्लाको पर्यटकीय स्थलहरू पुनहिल, घोडेपानी, रुप्से झरना, अन्ध गल्छी, सिंगा तातोपानी, भुरुङ तातोपानी, टोड्के, बरंजा, दग्नाम, मुदी, मुना, लुलाङ, गुर्जा, नारच्याङ, हिस्तान, चिमखोला, पात्लेखेत, तोरीपानी, झिँ, दरबाङ, रुम, निस्कोटलगायतका ठाउँहरूलाई समसटिएको छ ।

Related

मनोरञ्जन 1339725391859086925

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item