सन् २०१३ को पहिलो दिन (नयाँ बर्ष)


काठमाण्डौ,पुस १७ ।
आज अँग्रेजी पात्रो अनुशार सन् २०१३ को पहिलो दिन अर्थात नयाँ बर्ष । नेपाल लगायत विश्वका अधिकाँस देशहरुमा नयाँ बर्ष मनाइदै छ । नयाँ बर्षलाई स्वागत गर्न गएरातिदेखी राजधानीको ठमेल, पोखराको लेकसाइड, चितवनको सौराहा लगायतका विभीन्न पर्यटकीय स्थानहरुमा धुमधामका साथ कार्यक्रम गरिएको छ । नयाँ बर्ष मनाउने आउने पयर्टकहरुका कारण पयर्टकीय सहरहरुमा पनि व्यापार व्यवसायमा पनि बृद्धि भएको छ ।
पछिल्ला वर्षहरुमा विशेषतः युवा पुस्तामा जनवरी १ लाई नयाँ बर्षका रुपमा मनाउने प्रचलन बढदै गइरहेको छ । नेपालमा पनि विक्रम सँवतको साटो इश्वी सँवतको पात्रो लागुगर्ने बहस चलिरहेकाले यसदिनप्रति धेरैको चासो जान थालेको हो ।
नयाँ बर्षकै अवशरमा आज देशका विभीन्न ठाउहरुमा साँगीतिक कार्यक्रमहरु गरिदैछन भने साथीभाइ जमघाट भएर रमाइलो गरी नयाँ बर्ष मनाउने गरिएको छ । नेपालमा प्रचलित विक्रम सँवत अनुशार बैशाख १ गते नयाँ बर्ष भएपनि पश्चिमा प्रभावका कारण यो दिवशले नेपाल लगायतका तेश्रो मुलुकहरुमा प्रभाव पारेको भन्दै आलोचना पनि हुने गरेको छ ।

Related

विविध 7354382469331256588

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item