पत्नीलाई धारिलो हतियार प्रहार

http://sindhulidarpan.blogspot.com/2013/01/news_17.html
सुनसरी, माघ ४ ।
सुनसरी जिल्लामा आफ्नै पतिले पत्नीलाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाईते बनाएका छन् । मधुवन–७ बस्ने १८ बर्षीया स्मृती राईलाई उनका पति २२ वर्षीय मिलन राईले धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । स्मृतीलाई बुधबार मध्यराति पति मिलनले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका हुन् ।
घाईते स्मृतीको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । घरायसी विवाद हुँदा पतिले पत्नीलाई धारिलो हतियार प्रहार गरेको प्रहरी भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !