आजको दोस्रो खेलमा नेपाल आर्मीको जित


काठमाण्डौ,माघ ४ ।
राजधानीमा जारी सहिद स्मारक रेडबुल ए डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल आर्मीले बौद्ध फुटबल क्लबलाई २–० गोल अन्तरले हराएको छ । आर्मीका लागि राजु तामाङ र नवयुग श्रेष्ठले एक एक गोलको योगदान रह्यो । यो जितपछि आर्मी २५ अङ्कसहित छैटौं स्थानमा उक्लिएको छ । बौद्ध क्लब भने खेलको पुछारमै रहेको छ । यसैगरी आजै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले बाँसबारी क्लबलाई २–० ले पराजित गरेको छ । आजको जितपछि फ्रेन्ड्स २४ अङ्कसहित सातौँ स्थानमा रहेको छ ।

Related

विविध 2891345285287971214

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item