,जेठ १५ मा निर्वाचन हुन्छ : प्रधानमन्त्री

http://sindhulidarpan.blogspot.com/2013/01/news_22.html
राजतन्त्र फाल्न निकै सङ्घर्ष गर्नुपरेको : प्रचण्ड
ध्रुवचन्द्र खड्का,
सिन्धुली,माघ ९ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ सय वर्ष लामो इतिहास भएको निरंकुश राजतन्त्र अन्त्य गर्न एकीकृत माओवादीले निकै सङ्घर्ष गरेको बताउनुभएको छ । जरा गाडेर बसेको राजतन्त्र उखेलिन्छ भनेर कसैले पनि नसोचेको अवस्थामा आफ्नो पार्टीको नेतृत्वमा राजतन्त्र फालिएको प्रचण्डले दाबी गर्नुभएको छ । सिन्धुलीको चौथो जिल्ला अधिवेशनलाई आज सिन्धुलीमाडीमा सम्वोधन गर्दै प्रचण्डले जनवादी क्रान्तिका आधारभूत कुराहरु पूरा भएपनि सवै अपेक्षाहरु पूरा गर्न नसकेको बताउनुभयो । अव एकिकृत माओवादी नयाँ विचार र योजनाका साथ जनताका सामु उपस्थित हुने बताउँदै प्रचण्डले क्रान्तिले ढिलो चाँडो परिवर्तन ल्याएरै छाड्ने तर्क गर्नुभयो । प्रचण्डले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यलाई मिनी मोहनविक्रमको संज्ञा समेत दिनुभयो ।
यसैबीच जिल्ला अधिवेशनलाई संबोधन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आउने जेठ १५ गते नयाँ निर्वाचन गराउन सरकार लागि परेको बताउनुभएको छ । नयाँ निर्वाचनका लागि सरकार जुनसुकै विकल्पमा जान पनि तयार रहेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री भट्टराईले नेपाली इतिहासको कालखण्डमा मुलुक अहिले ज्यादै कठिन र सङ्क्रमणकालिन अवस्थामा गुज्रिरहेकाले यसको निकासका लागि सरकारले सकेको प्रयास गरिरहेको बताउनुभयो । ब हुने महाधिवेशनले नेतृत्वमा फेरि प्रचण्डलाई नै नेतृत्वमा छान्ने ठोकुवा गर्दै भट्टराईले कसैलाई द्विविधामा नपर्न आग्रहसमेत गर्नुभयो । उहाँले अब डेढ महिनाभित्रमा सिन्धुलीको कमलामाई नगरपालिकालाई लोडसेडिङ्मुक्त घोषणा गरिने पनि बताउनुभयो ।
तस्विर:पोष्टराज पहाडी |

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !