माओवादीलाई दण्डित गर्नुपर्छः पौडेल





काठमान्डौ, पुस २४ ।
 कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादीका नेता तथा कार्यकर्तालाई यूद्ध अपराधमा अन्तर्राष्ट्रिय परम्परा अनुसार दण्डित गर्नु पर्ने बताएका छन् ।
गृह जिल्ला तनहुँमा आज आयोजित कार्यक्रममा उनले पुरेर ज्यूँदै मान्छे मार्ने माओवादीका नेता तथा कार्यकर्तालाई हदै सम्मको कारबाही हुनुपर्ने बताए ।
‘दैलेखका पत्रकार डेकेन्द्र थापालाई ज्यूँदै पुरेर मारे, रुकुममा कांग्रेसका गाँउ ईकाईका समितिका सभापतिको हत्यालगायतका हज्जारौं अपराध गरेका छन्,’ उनले भने, ‘मुलुक माओवादीको कु–कर्ममा फसेको छ ।’उनले माओवादीले जनतालाई असुरक्षित बनाएको बताए । अपराध कर्ममा अन्तर्राष्ट्रिय कर्म अनुसार माओवादी दण्डित हुनु पर्ने उनको भनाई थियो ।

Related

विविध 4358429578403029772

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item