लोकतन्त्र रक्षाका लागि आन्दोलनलाई चर्काउने : पौडेल



काठमान्डौ माघ, १६
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले ठुलो बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि आन्दोलन चर्काउनु परेको बताउनु भएको छ ।
सत्तारुढ दल एकिकृत नेकपा माओवादी र मधेसी मोर्चाले लोकतन्त्रलाई संस्थागत गर्न नसकेको भन्दै पौडेलले संघर्षका कार्यक्रमलाई ससक्त बनाउने बताउनुभयो ।
म्याग्दी पुग्नु भएका उपसभापती पौडेलले आज बिहान प्रेस युनियन म्याग्दीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संविधानसभावाटै संविधान निर्माणका लागी नयाँ निर्वाचनको आवस्यकता भएपनी एकीकृत माओवादीको निर्वाचन नगराउने चाहनाका कारण मुलुकले निकास पाउन नसकेको उल्लेख गर्नु भयो । नयाँ निर्वाचन एमाओवादी र मधेसी मोर्चाको पक्षमा नभएकाले उनीहरुले निर्वाचन  नगराउने भएकाले काँग्रेस नेतृत्वको सरकारले मात्रै निर्वाचन गराउन सक्ने दावि गर्नुभयो । 
यस्तै कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइरालाले एकिकृत नेकपा माओवादी लोकतन्त्रको विरुद्धमा लागेको आरोप लगाउनुभएको छ ।स्याङ्जाको कुवाकोटमा विशेषज्ञ स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले लोकतन्त्रलाई नमान्दा राजा रजौटा पतन भएझैं एकिकृत माओवादीले पनि यहि रवैया राखे त्यसरी नै पतन भएर जाने दाबी गर्नुभयो । नेता कोइरालाले वर्तमान सरकारको तानाशाहि कार्यको विरोधमा जनता सडकमा आइसकेकाले सडकबाटै सरकार ढाल्ने बताउनुभयो ।

Related

विविध 7101879933937674553

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item