सडकबाटै सरकार फाल्ने अध्यक्ष खनालको चेतावनी



इलाम,१८ माघ ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बर्तमान सरकरालाई सडक आन्दोलनबाटै फाल्ने चेतावनी दिनुभएको छ ।
बिगतका उपलब्धि पनि सडकबाटै आएको स्मरण गराउदै एमाले अध्यक्ष खनालले सडकबाटै मुलुकमा राष्ट्रिय उपलब्धि हासिल गर्न सकिने बताउनु भयो ।आज इलाममा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष खनालले एकीकृत माओबादी आफ्नौ सर्बसत्ताबादका कारण निषेध हुदै गएको समेत बताउनु भयो । उहाँले सत्तामा भएको दलले वार्ताको वातावरण सिर्जना गर्नुपर्नेमा उल्टै मुठभेडमा उत्रिएकाले आफूहरू पनि आन्दोलनमा जान बाध्य भएको बताउनुभयो । सहमतिको सरकार र निर्वाचनको घोषणा हुने ठोस आधार तयार नहुञ्जेल प्रतिपक्षी दलहरूले आन्दोलन नरोक्ने उहाँको भनाइ थियो ।

Related

राष्ट्रिय 8305925210847203589

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item