सिरीयामा इजरायली आक्रमण
http://sindhulidarpan.blogspot.com/2013/01/news_222.html
लेवनान सँगको आफनो सिमाक्ष्ोत्रमा इजरायलले हवाइ आक्रमण गरेको सिरीयाले पुष्टि गरेको छ । राजधानी दमास्कसबाट उत्तरपश्चिम क्षेत्रमा रहेको सैन्य अनुसन्धान केन्द्रलाई लक्षीत गरि आक्रमण गरिएको सेनाले निकालेको विज्ञप्तिमा जनाइएको छ । आक्रमणमा २ जनाको मृत्यू हुनुका साथै ५ जना घाइते भएका छन् । सिरीयाबाट लेवनानका हिजवुल्ला विद्रोहीहरुलाई रासायनिक हतियार र मिसाइलहरु प्राप्तहुनसक्ने आशँका व्यक्त गरेको भोलीपल्टै इजरायलबाट सिरीयाको सिमाक्षेत्रमा आक्रमण भएको हो । आफनो राष्ट्रिय सुरक्षामाथी धावा बोल्दै इजरायलले सिरीयाको उडानक्षेत्र अतिक्रमण गरेकाले परिणाम नराम्रो हुनसक्ने सिरीयाले चेतावनी दिएको विविसी अनलाइनले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !