सरकारी निकाय जनताको घरदैलोमा



काडमान्डौ, माघ १८ ।
यतीबेला गुल्मीका सरकारी निकालयहरु सेवाग्राहीको घरदैलोमै पुगेर सेवा प्रदान गरीरहेका छन् । सरकारी सेवालाई जनताको घरदैलोमा पु¥याउने उदेश्यले गुल्मीका बिभिन्न सरकारी निकायहरुले पश्चिमी क्षेत्रमा एकिकृत घुम्ति शिविर सुरु गरेका हुन् ।
पहिलो दिन हिजोँ प्युठानसगँ सिमा जोडिएको पश्चिमी गाविस अग्लुङमा घुम्ति शिविर सम्पन्न भएको छ । जसमा जिल्ला प्रशाशन कार्यालय, जिल्ला विकास समिति, कृषि, प्रहरी, खानेपानी, पशुसेवा, सिंचाई लगायतका सरकारी निकायहरुले सेवाद कार्यालयहरुले घरदैलोमै पुगेर स्थानीय जनतालाई सेवा प्रदान गरेका थिए । ती मध्ये नागरीकता बनाउनेको अत्यन्तै चापँ रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।घुम्ति शिविर आज र भोली पुर्कोट दह गाविसमा संचालन हुने छ । गुल्मीका सरकारी कार्यालयहरुले बेलामा बेलामा घुम्ति शिविर सञ्चालन गरेर आफुहरुलाई आफ्नो घरदैलोबाटै सरकारी सेवा दिने गरेपछीसदरमुकाम धाउन बाध्य सेवाग्राही पनि खुसि भएका छन् ।

Related

विविध 362960136135438258

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item