पचास लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति
http://sindhulidarpan.blogspot.com/2013/01/news_3668.html
काठमान्डौ, १८ माघ ।
तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा शल्यक्रियापछि मृत्यु भएकी सुत्केरी महिलाको परिवारलाई ५० लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।
पुर्कोट–५ की ३२ वर्षीया विमला श्रेष्ठको मङ्गलबार राति शल्यक्रिया गरी सुत्केरी गराइएकोमा अत्यधिक रक्तस्रावले मृत्यु भएपछि पीडित पक्षले क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै अस्पताल बन्द गराएका थिए । अस्पताल प्रशासन, प्रहरी, स्थानीय वृद्धिजीवी र पीडित पक्षबीचको वार्तापछि उक्त रकम क्षतिपूर्ति दिने सहमति भएको हो ।नवजात शिशुको पालनपोषण र शिक्षादीक्षाका लागि अस्पतालले ५० लाख दिने निर्णय गरेको अस्पतालका प्रवन्ध निर्देशक परशुराम अधिकारीले बताउनुभयो ।पीडित पक्षलाई हिजो नै रु १२ लाख ५० हजार उपलब्ध गराएपछि उनीहरुले शव बुझेको प्रहरी चौकी डुम्रेले जनाएको छ । बाँकी रकम तीन महिनामा किस्ताबन्दीमा दिने गरी सहमति भएको छ


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !