चन्दा आतंक र लोडसेडिङले व्यवसाय धरासायी



काठमान्डौ, ६ माघ 
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले चन्दा आतंक र बढ्दो लोडसेडिङका कारण उद्योग व्यवसाय धरासायी बन्दै गएको बताएका छन् ।मकवानपुर उद्योग बाणिज्य संघको ४६ औं वार्षिक साधारणसभालाई आज हेटौंडामा सम्बोधन गर्दै वैद्यले चन्दा आतंकविरुद्ध उत्रन सबै उद्योगी–व्यवसायीलाई आग्रह गरे । ‘बैंकको चर्काे ब्याज र श्रमिक समस्याका कारण पीडित बनेका उद्योगीहरुलाई चन्दा आतंक र बढ्दो लोडसेडिङले थप मारपरेको छ,’ उनले भने ।उनले राजनीतिक दलहरुले बजेटलाई राजनीतिक मुद्दा बनाइदिँदा अझ समस्या थपिएको बताए । ‘व्यवसायीलाई सरकारमा को छ भन्ने कुराले कुनै अर्थ राख्दैन,’ उनले भने, ‘समयमै विकास केन्द्रित पूर्ण बजेट आउनु पर्छ ।’अध्यक्ष बैद्यले राजनीतिक दलहरुले विकास र सम्वृद्धिका कुरा नगरेसम्म देशको अवस्था सुध्रन नसक्ने टिप्पणी गरे ।

Related

राष्ट्रिय 7057818598580613243

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item