सक्छौ भने कारबाही गरेर देखाउः देउवा

http://sindhulidarpan.blogspot.com/2013/01/news_19.html
काठमाडौं, ६ माघ
कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी जनयुद्धका घटनालाई लिएर सक्ने भए आफूलाई कारवाही गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् ।
नेपाल प्रेस यूनियन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारको ताकत भए कारबाही गरेर देखाउन भनेका हुन् । ‘सक्छौ भने कारबाही गरेर देखाउ,’ उनले भने ।माओवादी नेताहरुले तत्कालीन माओवादीसँग भएको वार्ता भाँडेको आरोप देउवालाई लगाउँदै आएका छन् । उनीहरुले युद्ध अपराधको मुद्दा लगाउन अभिव्यक्ति आएकै बेला देउवाको सो भनाई आएको हो ।‘माओवादी नै वार्ता छोडेर दाङ ब्यारेक हान्न गएका हुन्,’ उनले भने, ‘उनीहरुलाई नै मुद्दा लगाउनु पर्छ ।’कांग्रेस नेता देउवाले प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमन नभएसम्म देशमा संकट रहिरहने बताए । उनले निकासका लागि निकासका भट्टराईलाई बाटो छाड्न सुझाव दिए ।नेता देउवाले संसद पुनःस्थापनाको विषय आफूले छाडिसकेको बताए । ‘पहिले मानेन् अब पुनःस्थापनाको संभावना घटेको छ ।’
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !