सरकार विरुद्ध दैलेखमा कुर्लिए : विपक्षी दल

http://sindhulidarpan.blogspot.com/2013/01/political_19.html
दैलेख, ६ माघ
एमाओवादीले कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउन धोका दिएको ठहरसहित आन्दोलनमा उत्रिएका विपक्षी दलहरुले दैलेखमा विरोध सभा गरेर सडक संघर्षको थालनी गरेका छन् ।सदरमुकाममा रहेको स्थानीय टुडिखेलमा आज भएको सभालाई विपक्षी दलका केन्द्रीयस्तरका नेताहरुले सम्बोधन गरे । पत्रकार डेकेन्द्र थापा हत्या अभियोगमा पक्राउ परेका माओवादीका नेता तथा कार्यकर्तालाई कारबाही प्रक्रिया अघि नबढाउन प्रधानमन्त्री र महान्यायाधिवक्ताले लिखित आदेश दिए पछि विपक्षी दलहरु आक्रोशित भएका हुन् । उनीहरुले हत्याका दोषीलाई हदैसम्म कारबाही गर्न दवाव दिन दैलेखबाट आन्दोलनका थालनी गरेका हुन् ।
सभामा एमाले उपाध्यक्ष बामदेव गौतम, कांग्रेस केन्द्रीय सदस्य रामशरण महत, एमाले बामदेव गौतम, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्मा, नेकपा (माले)का नेता गोपालमणि गौतम, नेकपा (संयुक्त)का ठाकुर शर्मा र राप्रपाका गोविन्दविक्रम शाहको उपस्थिथिति रहेको थियो ।सभा हुनु अघि सयौंको उपस्थितिमा नारावाजी सहित प्रदर्शन भएको थियो । सहभागीले सरकार विरुद्ध नारावाजी गर्दै पत्रकार थापाका हत्यारालाई कारबाहीको माग गरे ।विरोध सभामा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य रामशरण महत न्यायका लागि सुर्खेतबाट आफूहरुले सडक आन्दोलनको सुरुवात गरेको बताए । ‘श्रीपेच विनाको तानाशाह सरकारलाई हटाउन सुर्खेतबाट आन्दोलनको सुरुवात गरेका छौं,’ उनले भने, ‘अब तानाशाह सरकारलाई सडकबाटै अपदस्त गर्छौं ।’उनले न्यायका लागि सुर्खेतका स्थानीयले गरेको आन्दोलनप्रति विपक्षी दलहरुको ऐक्यवद्धता रहेको बताए ।एमाले उपाध्यक्ष बामदेव गौतमले अन्यामा परेका दैलेखका जनतालाई आफूहरुको सधैं सहयोग रहने बताए । उनले भने, ‘न्यायको लडाईमा विपक्षी दलहरु दैलेखी जनताको पक्षमा छौं ।’
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !