जन्ती बोकेको ट्याक्टर दुर्घटना

http://sindhulidarpan.blogspot.com/2013/01/news_7941.html
काठमान्डौ माघ १५।
कैलाली, १५ माघ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको बनबेहडा
व्यारेकको चेकपोष्ट नजिक जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ ।
दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २१ जना जन्ती घाइते भएका छन् ।
भजनीबाट धनगढीको मजगाउँ आउँदै गरेको से १ त २२४५ नम्वरको ट्याक्टर आज
बिहाना दुर्घटना भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।
मृत्यु हुनेमा भजनीका २५ वर्षीय कालुराम चौधरी रहेका छन् । घाइते २१
जनाको कैलालीको अत्तरियास्थित सेवा नर्सिङ होममा उपचार भैरहेको छ ।
घाइते मध्ये सात जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा कैलाली भजनीका
२२ वर्षीय धनीराम चौधरी, १३ वर्षीय आशीष चौधरी, १८ वर्षीय देवकुमार
डगौरा, ३० वर्षीय शेरबहादुर चौधरी, ३३ वर्षीय शिवलाल चौधरी, २५ वर्षीय
प्रेमलाल चौधरी र खैलाडका ३० वर्षीय बाबुराम चौधरी रहेको अस्पतालले
जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !