एकीकृत माओवादी नेतृत्व बैतडी जादै, विपक्षीद्धारा जिल्ला बन्द को घोषणा

http://sindhulidarpan.blogspot.com/2013/01/news_8815.html
जिल्ला सम्मेलनको लागि एकीकृत नेकपा माओवादीको नेतृत्व आज बैतडी जादैछ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा उपाध्यक्ष बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आज बिहान बैतडी जाने माओवादीले जनाएको छ । प्रधानमन्त्री आउने कार्यक्रम तय भएपछि विपक्षी दलले बैतडी जिल्ला बन्द गराएका छन् । उनीहरुले प्रधानमन्त्रीलाई प्रवेश निषेध धन्दै जिल्ला बन्द गराएको बताएका छन् । सम्भावित झडपलाई मध्यनजर गरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !