सचिवद्धारा लाखौ अनियमितता

http://sindhulidarpan.blogspot.com/2013/01/news_5583.html
जनकपुर माघ,१४
धनुषाको लक्ष्मीनिवास गाविसका सचिव ब्रह्मदेव राउत र सहयाक सचिव कौसल महतोले मिलेमतोमा गाविसको लाखौ रकम अनियमितता पारेको रहस्य खुलेको छ । गाउँ परिषदमा सचिवले गाविसमा आर्थिक वर्ष २०६८÷०६९ मा जम्मा १५ लाख रुपैया खर्च भएको विल भरपाई पेस गरेपछि रहस्य खुलेको हो । गाविसको वडा नम्वर ५ र ६ मा ८ लाख १४ हजारमा गराईएको ग्राईभलमा सचिवले ३ लाख ६१ हजार रुपैयाँ थप गरि ११ लाख ७५ हजार ४ सयको विल भरपाई पेश गरेको पाइएको छ । तर ग्राईभल उपभोक्ता समितिका अध्यक्ष अर्थमान लामाले आफूहरुले ८ लाख १४ हाजार रुपैयाँको मात्र ग्राईभल गराएको दावी गर्नुभयो । यता प्रमुख सचिव राउतले गाविसको कामकार्बाही र हरहिसाब सम्बन्धमा आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिनुभयो । त्यस्तै सहयाक सचिव महतोले आफूले पेश गरेको विल भरपाई सही रहेको दावी गर्दै अन्य शिर्षकमा समेत खर्च भएर १५ लाख रुपैयाँ पुगेको बताउनुभयो । उहाँले गाविको जम्मा १५ लाख रुपैयाँ खर्च भएकोमा ८ लाख रुपैयाँ जिविसबाट झिकी सकेको र थप ७ लाख रुपैयाँ ऋण रहेको समेत बताउनुभयो । तर स्थानीय दलका प्रतिनिधीहरु र सर्वसाधारणहरुले ९ लाख बराबरको काम मात्र गाविसमा भएको र अन्य ६ लाख रुपिया सचिवले हिना मिना गरेको आरोप लगाएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !