ईजिप्टमा हिंसात्मक आन्दोलन ३० भन्दा बढीको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/01/news_582.html
काठमान्डौ माघ,१४
गएको बर्ष इजीप्टको पोर्ट सइद स्टेडियममा भएको दंगामा दोषि ठहर २१ जनालाई मृत्यूदण्डको सजाय दिएपछि इजीप्टमा हिंसात्मक आन्दोलन शुरु भएको छ । आन्दोलनका क्रममा सरकारी सेना र मृत्यूदण्ड विरुद्ध आन्दोलनमा उत्रिएकाहरुवीच झडप हुदा ३० भन्दा बढीको मृत्यु भएको छ । ३ सय जना घाइते भएका छन् । हिजो राजधानी कायरोमा रहेको एक अदालतले स्टेडियममा दँगा फैलाएको अभियोग लागेकामध्ये २१ जनालाई मृत्यूदण्डको सजाय घोषणा गरेको थियो । गएको बर्ष पोर्ट सइद स्टेडियममा भइरहेको फुटवल प्रतियोगीतामा अल मास्री क्लवका समर्थकहरुले अल आहली क्लवका समर्थक माथी आक्रमण गर्दा ७४ जनाको ज्यान गएको थियो । घटनामा सलग्न बाकी ९ जनाको भने आउने मार्च महिनाको ९ तारिकमा सुनुवाइ हुने अदालतले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !