प्रधानमन्त्रीको सुरक्षाका लागि वैतडीमा सेना परिचालन

http://sindhulidarpan.blogspot.com/2013/01/news_3516.html
काठमान्डौ माघ,१४
एकीकृत नेकपा माओवादीको नेतृत्व जिल्ला अधिवेसनको उद्घाटनका लागि वैतडी प्रस्थान गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई र अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश वैतडी पुग्दै हुनुहुन्छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विरोधमा विपक्षी दलले बन्द र आन्दालन घोषणा गरेपछि सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ । दैलेखको जस्तो झडपको अवस्था आउन नदिन सेना परिचालन गरिएको स्थानिय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकार जनराज रेग्मीले सुरक्षाका सबै उपाय अपनाइएको बताउनुभयो । सदरमुकाम गोठालापानीमा हुने कार्यक्रमको सुरक्षाका लागि टुँडीखेलदेखि गोठालापानीसम्मको एक किलोमिटरको दुरीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी झण्डै ३ सय सुरक्षा फौज तैनाथ गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !