दैलेखका प्रहरी उच्च अधिकारीको सरुवाको विरोधमा स्थानीयद्वारा प्रदर्शन



दैलेख, ११ माघ ।
 प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा दैलेखका प्रहरी प्रमुखसहित दुई निरीक्षकको सरुवा भएको विरोधमा स्थानीय र विद्यार्थीले प्रदर्शन गरेका छन् । दैलेखमा रहेका दुईवटा क्याम्पसका विद्यार्थीले आज विहान प्रहरीका उच्च अधिकारीको सरुवा भएको विरोधमा प्रधानमन्त्री भट्टराई विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री भट्टराईको पुत्लासमेत जलाएका छन् ।पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तलाई कारबाहीका लागि सहयोग गर्दै आएको आरोप पनि प्रहरी अधिकारी माथि एमाओवादी र स्वयं प्रधानमन्त्री भट्टराईले लगाउँदै आएका थिए ।प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरी र प्रहरी निरीक्षकद्वय ईन्द्र सुवेदी र किरण न्यौपानेको सुरुवा भएको स्रोतले जनाएको छ । बुधबार दैलेखमा भएको एमाओवादीको जिल्ला सम्मेलनका क्रममा राम्रो सुरक्षा व्यवस्था बनाउन नसकेको आरोपमा उनीहरुको सरुवा भएको हो ।

Related

राष्ट्रिय 872653821686363074

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item