फोटोको त्रुटीले परराष्ट्रबाट ५७ राहदानी फाराम फिर्ता

http://sindhulidarpan.blogspot.com/2013/01/passport.html
बागलुङ,पुस २२ ।
बागलुङबाट पठाइएका पासपोर्टमा मेसिन रिडेबल राहदानी फाराममा टाँसिएका फोटोमा त्रुटी देखिएपछि परराष्ट्र मन्त्रालयबाट राहदानी फारामहरु फिर्ता हुने गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा गत एक वर्षमा ५७ राहदानी फारामहरु फोटो त्रुटीपूर्ण रहेको कारण देखाउँदै फिर्ता आएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । गत एक वर्षभित्रमा प्रशासन कार्यालयमा फिर्ता भएका ६२ राहदानी फाराम मध्ये ५७ वटा फोटोमा त्रुटी भएको भन्दै फिर्ता आएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम शर्माले बताउनुभयो ।

परराष्ट्र मन्त्रालयले जारी गरेको राहदानी निर्देशिकामा तोकिएको मापदण्ड विपरीतका फोटो फाराममा समावेश भएपछि फारामहरु फिर्ता आएका हुन् । गत वर्षको साउनदेखि मंसिरसम्ममा ६२ राहदानी फाराम फिर्ता आएका थिए । अन्य ५ फाराममा भने व्यक्तिको नामथरमा त्रुटी भएको थियो भने बागलुङका फोटो स्टुडियोहरुले मेसिन रिडेबल राहदानीको लागि खिच्ने फोटो गुणस्तरहीन भएपछि राहदानी विभागले फाराम अस्वीकृत गरेको जिल्ला प्रशासन कार्यालय ले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !