आजदेखि विपक्षी दलहरूको सडक आन्दोलन सुरु हुँदै



काठमान्डौ माघ, ६
विपक्षी दलहरूले आजदेखि चरणवद्ध सडक आन्दोलन सुरु गर्दै छन् । उनीहरूले आज पत्रकार डेकेन्द्रराज थापाको हत्याको विरोधमा दैलेखको सदरमुकाममा विरोधसभा गरी आन्दोलनको सुरुवात गर्न लागेका हुन् । पटक पटकको संवाद सहमतिमा पुग्न नसकेपछि वर्तमान सरकारको विरुद्धमा सडक आन्दोलनमा उत्रने निष्कर्षमा पुगेका विपक्षी दलहरूले माघ २६ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आज दैलेखको सदरमुकाममा हुने सभामा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष वामदेव गौतम, नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतलगायतका नेताहरूले संबोधन गर्नुहुने भएको छ ।  विरोधसभाको सबै तयारी पूरा भइसकेको एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । विपक्षी दलहरूको विरोध कार्यक्रमलाई विद्यार्थी सङ्गठनहरूले पनि साथ दिने भएका छन् । पत्रकार थापाको हत्यामा संलग्न आरोपितहरूलाई कारवाही नगर्न प्रधानमन्त्री र महान्यायाधीवक्ताले दिएको निर्देशनप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन् । 
यसैबीच सत्तारुढ गठबन्धनले पनि यही माघ १७ गते राजधानीमा जनजागरणसभा गर्ने तयारी गरेको छ । राष्ट्रपतिले राष्ट्रिय सहमतीय सरकार गठन गर्न नौ पटकसम्म समय दिँदा पनि सहमति बन्न नसकेपछि सत्तापक्ष र प्रतिपक्षी दलहरूले सडक आन्दोलनमा जाने मानसिकता बनाएका छन् । 

Related

राष्ट्रिय 2045538932885885135

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item