आजदेखि पुन दैनिक १४ घन्टा लोडसेडिङ




काठमान्डौ माघ, ६
नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । नयाँ तालिकाअनुसार अब हप्तामा एक दिनबाहेक हरेक दिन १४ घण्टा लोडसेडिङ हुने भएको छ । एक दिन भने १३ घन्टा लोडसेडिङ हुने भएको छ । यसअघि सातामा ८४ घन्टा लोडसेडिङ हुँदै आएकोमा अब ९७ घन्टा पुग्नेछ । मागअनुसार बिजुली पु¥याउन सक्ने अवस्था नरहेकाले थप कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ । नदीहरूमा पानीको मात्रा घट्दै गएको र भारतले दिने भनिएको ३० मेगावाट विद्युत कटौती भएकोले पनि थप समस्या भएको प्राधिकरणको भनाइ छ । भारतबाट बिजुली ल्याउन नसकेमा यो वर्ष अझ बढेर दैनिक १८ घन्टासम्म लोडसेडिङ हुने बताइएको छ ।  सरकारले यस वर्ष बढीमा १२ मात्रै दैनिक लोडसेडिङ हुने जनाएको थियो ।



Related

राष्ट्रिय 5082451440053019658

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item