किसानहरु पशुपालन व्यवसायतर्फ आकर्षित


काठमान्डौ माघ ,६
बाँकेमा पछिल्लो समय किसानहरु पशुपालन व्यवसायतर्फ आकार्षित भएका छन् । कम समयमा उचित फाईदा हुनेभएकाले किसानहरु यसतर्फ आकार्षित भएका हुन । जिल्ला पुशसेवा कार्यालयको तथ्याङ्क अनुसार हालसम्म तीन सय १८ वटा पशु फर्म दर्ता भएका छन् । नेपालगन्ज, कोहलपुर, खजुरा बजारमा दुग्ध, मासु र अण्डाको माग बढेपछि यस पेशा अंगाल्न थालिएको किसानहरुले बताएका छन् । त्यसमा पनि कुखुराका दुई १८, भैँसी ३१, गाई ३२, बंगुर ३३ र बाख्राको फर्म चार वटा दर्ता भएका हुन । बाँकेको सितापुर, बनकटी, कचनापुर, खजुरा, नौवस्ता र महादेवपुरीका किसानहरु यो व्यवसायतर्फ अग्रसर भएका छन् । पशुपालनबाट राम्रो आम्दानी गर्न सकिने भएकाले फर्महरु दर्ता हुने संचालनमा आउने क्रम बढेको पशु कार्यालयका चिकित्सक जनकराम भण्डारीले बताउनुभयो । पछिल्लो चरणमा यस्ता खालका फर्म खुल्नाले जिल्लाको मासु, अण्डा र दुग्धको माग आपुर्ति भइरहेको पशु कार्यालयको दावी छ ।
 आजदेखि पुन दैनिक १४ घन्टा लोडसेडिङ 

Related

प्रमूखखबरहरु 6285004269846232905

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item