चिनको आर्थिक वृद्धि ओरालो लाग्यो

http://sindhulidarpan.blogspot.com/2013/01/china_19.html
काठमान्डौ माघ, ६
सन् १९९९ यता चिनको आर्थिक वृद्धिद्धर सन् २०१२ मा सवैभन्दा तल झरेको छ ।
विभीन्न आन्तरिक तथा बाह्य तत्वहरुका कारण गएको बर्ष चिनको बार्षिक वृद्धिदर ८ प्रतिशत भन्दा तल रहेको नेशनल व्यूरो अफ स्टाटिस्टीकस् ले जनाएको छ ।हिजो सार्वजनिक गरिएको सन् २०१२ को आर्थिक प्रतिवेदनमा सन् २०११ मा ९ दशमलव ३ प्रतिशत रहेको आर्थिक वृद्धिदर सन् २०१२ मा ७ दशमलव ८ प्रतिशतमा खुम्चिएको जनाइएको छ । यो विगत १३ बर्ष यताकै सवैभन्दा कम बार्षिक आर्थिक वृद्धिदर हो ।
तथ्याँकले सरकारले कार्यान्वयन गरेको आर्थिक उपकरणहरुको प्रभाव देखाएको अर्थविद्हरुलाई उद्धृत गर्दे समाचार सँस्था सिन्ह्वाले जनाएको छ ।प्रतिवेदनले सन् २०१३ को बार्षिक आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशत रहने पनि प्रक्षेपण गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !